चौतारामा जारी भलिबल प्रतियोगिताको दोश्रो दिन नेपाल पुलिस क्लब र कोशी प्रदेशको जित

होमपेज / खेलकुद /
१६ चैत २०८१ (२ महिना अघि)

चौतारा । चौथो तोप २१ तथा प्रथम चौतारा साँगाचोकगढी नगरकप खुला राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिन नेपाल पुलिस क्लब र कोशी प्रदेशले जित हात पारेका छन् । आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले सोझो ३  सेटमा जित हात पारेको हो । 

साथै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विरुद्ध ३ः१ को सेटमा जित निकाल्दै कोशी प्रदेश विजय भएको छ  । भोलि हुने दुई खेलमा पहिलो बिहान ८ बजे गण्डकी र सिन्धु जुगल होराईनज तथा र अन्तिम खेल १० बजे कर्णाली र कोशी बिच हुने आयोजकले जनाएको छ ।      

प्रतियोगितामा पहिलो हुनेले ३ लाख, दोस्रो हुने टोलीले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार पुरस्कार प्राप्त गर्नेछ ।विधागत तर्फ उत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर ,उत्कृष्ट ब्लकर, र उत्कृष्ट लिब्रोले १०–१० हजार पुरस्कार सहित ट्रफी पाउने छन् ।

तोप २१ चौताराको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रबर्धनमा चैत १५ गते देखि सुरु भएको प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ । नेपाल भलिबल सङ्घ, बागमती प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोक र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग रहनेछ ।

अन्तिम अध्यावधिक: १६ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस