जुगल हाप्रामा भलिबल प्रतियोगिता हुने

होमपेज / खेलकुद / मुख्य समाचार /
२५ चैत २०८१ (२ महिना अघि)

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– ६ हाप्रामा वनकाली युवा समाजद्वारा आयोजित प्रथम जुगल गाउँपालिका अध्यक्ष कप सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। 
वनकाली युवा समाजले नया वर्ष १ गतेदेखि प्रथम जुगल गाउँपालिका अध्यक्ष कप सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुने वनकाली युवा समाजको अध्यक्ष दुर्गा श्रेष्ठले बताए।

जुगल गाउँपालिका वडा नं ६ हाप्रामा प्रतियोगितामा सहभागी हुन चाहने टीमले चैत  ३१ गतेभित्र टीम दर्ता गराइ सक्नु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो र सान्त्वना हुने टीमले ट्रफी, मेडल र प्रमाणपत्रका साथै क्रमशः नगद रु ७० हजार,  ४० हजार  , २५ हजार र १०  हजार रुपैंया प्राप्त गर्ने आयोजकले जानकारी दिए ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस