खुला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस र एपिएफ विजयी

होमपेज / खेलकुद /
प्रथम हुने टोलीले नगद तीन लाख रुपैयाँ सहित ट्रफि र मेडल पुरस्कार पाउने
१५ चैत २०८१ (२ महिना अघि)

सिन्धुपाल्चोक- चौतारास्थित मिनी रंगशालामा खुला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस, एपिएफ विजयी भएका छन् । उद्घाटन खेलमा नेपाल पुलिस क्लवले  त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै विजयी भएको हो । पुलिस २५–२१, २५–१८, २५–१९ बनाएर विजयी भएको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल (एपिएफ) र जुगल होराइजन विच भएको खेलमा जुगल होराइजन हराउँदै विजयी भएको छ । एपिएफ २५–१६ २५–१३ २५–१५ बनाएर विजयी भएको हो । 

६ दिनसम्म चल्ने प्रतियोगितामा सात टिम सहभागीता रहेको छ । प्रातियोगिताको प्रथम हुने टोलीले नगद तीन लाख रुपैयाँ सहित ट्रफि र मेडल पुरस्कार पाउनेछ ।  दोस्रो हुनेले एक लाख पचास हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउने आयोजक तोप २१ ले जनाएको छ । 

उत्कृष्ठ खेलाडीलाई २० हजार, उत्कृष्ठ स्पाइकरले १० हजार, उत्कृष्ठ सटरले १० हजार, उत्कृष्ठ ब्लकरलाई १० हजार तथा उत्कृष्ठ लिब्रोले १० हजार पाउने आयोजकले जनाएको छ ।

अन्तिम अध्यावधिक: १५ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस