चौतारा साँगाचोकगढी नगरपालिकालाई राष्ट्रपति रनिङ सिल्डको उपाधि

होमपेज / खेलकुद / मुख्य समाचार /
२६ चैत २०८१ (२ महिना अघि)

सिन्धुपाल्चोक । जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी  नगरपालिकाले जितेको छ । सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिको आयोजना चौताराको टुँडिखेलमा भएको प्रतियोगितामा  चौतारा साँगाचोकगढी नगरपालिकाले ३० स्वर्ण, २० रजत र ७ कास्य सहित उपाधि जितेको हो । 

१० स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्दै बाह्रबिसे नगरपालिका द्वितीय र ७ स्वर्ण, १० रजत र ८ कास्य पदकका साथ भोटेकोशी गाँउपालिका तृतीय भएको छ ।

१२ पालीकामध्ये त्रिपुरासुन्दरी, पाँचपोखरी , लिसंखुपाखर, र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाउन नआएको जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले बताए । सुनकोशी गाउँपालिकाले यो वर्ष पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितानै गरेन । प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, भलिबल, एथलेटिक्स र कपर्दीमा गरी ६ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

खेलाडीहरुलाई पुरस्कार बाडँदै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले स्थानिय सरकारले समेत खेल र खेलाडीको विकासका लागि विभिन्न योजना अघि बढाएको बताए ।  

IMG_60941744112772.JPG

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस