जिल्ला प्रशासन र चौतारा साँगाचोकगढी नगरपालिका मिलेर नागरिकलाई गज्जबको सुविधा !

होमपेज / समाचार /
१७ बैशाख २०८२ (१ महिना अघि)

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवासँग सम्बन्धित निवेदनका लागी सेवाग्राहीले निशुल्क सेवा पाउन थालेका छन् । यो संगै सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले  राहदानी र  राष्ट्रिय परिचयपत्रका लागि समेत अनलाईन फारम निशुल्क भरिने गरिएको छ । सेवाग्राहीहरुको सहजताका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा चौतारा साँगाचोकगढी नगरपालिकाले स्रोत ब्यवस्थापन गरि निःशुल्क रुपमा सेवा सुरु गरेसँगै सेवाग्राहीले समेत सहज महसुस भएको प्रतिक्रिया दिएका छन् ।

सेवाग्राही राजकुमार घले राहदानी र राष्ट्रिय परिचय पत्र लिनु पुर्व अनलाइन फाराम अनिवार्य भर्नुपर्ने बाध्यकारी नियम भएकाले उक्त फाराम भर्दा व्यवसायीहरुले सेवाग्राहीसँग मनलाग्दी रुपमा चर्को शुल्क लिदै आएका सुनाउछन् । बजार क्षेत्रका व्यवसायीहरुले फारम भरेकै मात्र ३ सय देखी ५०० सय रुपैयाँसम्म रकम लिएको गुनासो सेवाग्राहीले पटक–पटक गर्दै आएका थिए ।  बढी शुल्क लिएको भन्ने जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कार्यालयमा अनलाइन फाराम भरिदिनुका साथै नागरिकतामा नाम थर सच्याउनुपर्ने, दोहोरो नागरिकता खारेजी जस्ता प्रशासनसँग सम्बन्धित निवेदनको लागि निशुल्क सेवा दिन सुरु गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । 

यसअघि जिल्ला प्रशासन कार्यालयले निशुल्क अनलाईन फारम तथा निवेदन लेख्ने काम गरेको थिएन । यस्ता सेवा लिन जाने सेवाग्राहीले बजारमा रहेको फारम भरि दिनेहरुसँग उनीहरुले भनेजति शुल्क तिरेर फारम भरेर मात्रै जिल्ला प्रशासन कार्यालय जाने गर्दथे । प्रशासनको यो योजनामा चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग गरेपछि सिङ्गो सिन्धुपाल्चोकका नागरिक खुशी भएका चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटा बताउछन् । 

सेवा सुरु भएको ९ दिनको अवधिमा यहाँबाट ५ सय ६९ जनाले सेवा लिईसकेका छन् ।जिल्ला प्रशासनमा सुगमदेखि दुर दराजका नागरिक समेत सेवा लिन आइपुग्दा दैनिक जसो सेवाग्राहीको चाप देखिन्छ । प्रशासनको यो कदमले पैसा नतिरी काम हुदैन भन्ने सेवाग्राहीमा स्थापित भएको भाष्यलाई चिर्न सहयोग पु¥याएको छ ।  
 

अन्तिम अध्यावधिक: १७ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस