विश्व वातावरण दिवस २०२५ : ईष्ट पोइन्ट एकेडेमीद्वारा वृक्षारोपण र वातावरणीय र्‍याली

होमपेज / मुख्य समाचार / समाचार /
२२ जेठ २०८२ (२ दिन अघि)

हेलम्बु — विश्व वातावरण दिवस २०२५ को अवसरमा हेलम्बु गाउँपालिका–४ मा अवस्थित ईष्ट पोइन्ट एकेडेमीले वातावरण संरक्षणको सन्देश फैलाउँदै वृक्षारोपण तथा सचेतनामूलक र्‍यालीको भव्य आयोजन गर्यो।

विद्यालयका शिक्षक-शिक्षिका तथा सम्पूर्ण विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमको प्रारम्भ विद्यालय परिसरमै विविध जातका फलफूल तथा बहुवर्षीय बिरुवाहरू रोपेर गरिएको थियो। बालबालिकाले आफ्नै हातले माटो तयार पार्दै बिरुवा रोप्दा देखिएको उनीहरूको उत्साह अत्यन्त प्रेरणादायी देखिन्थ्यो।

कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो — वातावरणीय र्‍याली। हरियालीका सन्देश बोकेका प्लेकार्ड, आकर्षक पोस्टर र नारा लेखिएका फलकसहितको यो र्‍याली विद्यालयबाट सुरु भई चनौटे बजार परिक्रमा गरी पुनः विद्यालयमै फर्किएको थियो। र्‍यालीको उद्देश्य वातावरण संरक्षणप्रति स्थानीयस्तरमा चेतना अभिवृद्धि गर्नु हो।

"विरुवाले धर्ती सजाऊ, पृथ्वीलाई बचाऊ", "पानी हाम्रो धन, सुरक्षित जीवन", "एउटा रुख रोप्ने हो, धूलोमैलो छोप्ने हो" जस्ता जीवन्त नाराहरूले र्‍याली झन् प्रभावशाली बनेको थियो। विद्यार्थीहरूको उत्साही सहभागिताले गाउँमा समेत सकारात्मक वातावरणीय सन्देश फैलाएको थियो।

विद्यालयका प्रधानाध्यापक दामोदर भारतीका अनुसार, ईष्ट पोइन्ट एकेडेमीले हरेक वर्ष वातावरणीय जागरणका लागि यस्ता कार्यक्रम गर्दै आएको छ। “हाम्रो उद्देश्य शिक्षाको माध्यमबाट बालबालिकालाई जीवन र प्रकृतिबीचको सम्बन्ध बुझाउने हो,” उनले बताए।

यस कार्यक्रमले निश्चय पनि वातावरण संरक्षणमा स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस