सीमाक्षेत्रको खुकुण्डोलमा पहिरो दुई बोलेरो र तीन घरमा क्षति

होमपेज / दुर्घटना / समाचार /
१३ जेठ २०८२ (१ हप्ता अघि)

सिन्धुपाल्चोकको भोटेकोसी गाँउपालिका –४ खुुकुण्डोलमा सुख्खा पहिरोले पुरिँदा तीन बोलेरोसहित घरमा क्षति पुगेको छ ।

खकुण्डोल भिरबाट खसेको सुख्खा पहिरोले खुकुण्डोल बजारमा पार्किङ गरेका दुई बोलेरोसँगै केही घरमा क्षति पुगेको हो । 

गंगाबहादुर नेवारको बा १८ च ८६१७ नम्बरको बोलेरो पूर्ण रुपमा क्षति र भने अर्को बा ०३० च ७८७४ नम्बरको बोलेरोमा आंशिक मात्रै क्षति पुगेको इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले बताए ।

ढंगासहितको पहिरो झर्दा स्थानीय साङ्बो शेर्पा, पाल्देन शेर्पा र कामी शेर्पाकोको घरभित्र ढुंगा पुगेर क्षति क्षति पुुगेको छ । मानविय क्षति छैन् । 

बर्खाअघि बाह्रबिसे – तातोपानी २६ किलोमिटर सडकको यहाँ पहिरो खस्न थालेपछि सर्तकता अपनाएर आउजाउ गर्न प्रहरीले कडाइ गरेको जनाएको छ । 
 

अन्तिम अध्यावधिक: १३ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस