कोदारी राजमार्गको कोप्लाङमा एक हप्ता गाडी रोकेर सडक बनाइँदै

होमपेज / मुख्य समाचार / समाचार /
२८ बैशाख २०८२ (४ हप्ता अघि)

सिन्धुपाल्चोक– एक हप्ताअघिको वर्षाले कोदारी राजमार्गको कोप्लाङमा सडक भासिएपछि चीनको खासाबाट तातोपानी आएका मालवाहक कन्टेनर लिपिङमै रोकिएका छन् । बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ को कोप्लाङ क्षेत्रमा सडक १० फिट भासिएपछि सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयले माटो र ढुङ्गा राखेर मर्मतको प्रयास गरे पनि गाडी सञ्चालन हुन सकेका छैनन् । ३० वटा कन्टेनर र पाँचसय भन्दा धेरै विद्युतीय गाडी लिपिङ क्षेत्रमै अलपत्र परेका छन् । एक सय भन्दा धेरै कन्टेनर खासामै रोकिएका छन् । यसबीचमा साना गाडी सञ्चालनमा आए पनि जोखिम बढेपछि आवागमन रोकेर सडक निर्माणको काम हुने भएको छ ।

आजदेखि आउँदो जेठ ३ गतेसम्म कोदारी राजमार्गको तातोपानी क्षेत्र बन्द गर्ने निर्णय भएको हो । एक हप्तासम्म सडक बन्द गरेर काम गर्न लागिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। सडकको दूरावस्था र सरकारी निकायको लापरवाहीले आफूहरु मर्कामा परेको व्यवसायीको गुनासो छ ।  

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस