सिन्धुपाल्चचोकमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्टले श्री वनदेवि माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बेचविखन, वालविवाह, हिंसाको जोखिममा पर्न सक्ने, पढाई छोड्न सक्ने ३२ जान विद्यार्थीलाई चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा र अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा एक वर्षका लागि पूग्ने कपी, कलम, पोशाक, र रकम गरिएको हो ।
सामाग्री पाएपछि विद्यार्थी र अभिभावकहरूले आफ्नो बच्चाहरुले कक्षा १२ सम्म ढुक्कले पढ्न पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।
बालिका बेचबिखनको समस्या चरम अवस्थामा पुगेको समयदेखि हालसम्म रेष्टले २०५७ सालदेखि क्रियाशील भई काम गर्दै आएको छ । सिन्धुपाल्चोकको स्थानीय तहका विद्यालयसँग समन्वय गर्दै जोखिमको आधारमा बालिकाहरूको छनोट गरी शैक्षिक क्षेत्रमा सहयोग पुयाउँदै आएको छ । हाल मेलम्ची नगरपालिका,इन्दावती गाँउपालिका,बलेफी गाँउपालिका, बाह्रविशे नगरपालिका र चौतारा साँगाचचोकगढी नगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थी सहयोग गर्दै आएको सहकार्यकारी निर्देशक श्रद्धा थापाले जानकारी दिए ।
दीगो रूपमा बालिकालाई निरन्तर सहयोग गर्दै आएको यो संस्थाको कामहरू प्रशंसा योग्य रहेको चौताराका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए । प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउने प्रयास गर्ने वातावरण सिर्जना गर्न कार्यरत सबैको काम प्रति धन्यवाद व्यक्त गरे । साथै उनले विद्यार्थीहरूलाई सानो सहयोगलाई पनि प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह समेत गरे।
शैक्षिक सामाग्रीसंगै रेष्टले शुक्रबार फ्राइडे क्लास गर्दै आएको छ । विद्यालय अतिरिक्त क्रियाकलाप सहयोग, रेस्ट सहयोग विह्यालयमा जसमा बालिकाहरूलाई चेलीबेटी बेचबिखन, साइबर क्राइम, खाना, बालश्रम शोषण, बाल हिंसा लगायत विषयमा जानकारी दिर्दै आएको रेष्टका संयोजक कुमार भटराईले जानकारी दिए ।