वडा स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी  रत्न राज्य माविले जित्यो 

होमपेज / खेलकुद /
१९ माघ २०८१ (४ महिना अघि)

दुर्गा श्रेष्ठ, चनौटे । जुगल गाउँपालिका भित्रको वडा स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी  रत्न राज्य मावि चनौटेले हात पारेको छ । शानदार अनि रोमाञ्चक फाइनल खेलमा सेलाङ माविको शिक्षकहरुलाई   २ –१ के सेटमा पाखा लगाउँदै रत्न राज्य माविका शिक्षकहरुले उपाधी जितेका हुन् ।

रत्न राज्य मावि को ६१ औं वार्षिकोत्सव ,अभिभावक दिवस  तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोह २०८१ को पूर्व सन्ध्यामा प्रतियोगिता आयोजना गरीएको हो । 

त्यस्तै प्रतियोगितामा बनकाली जुगल माविका शिक्षकहरु तृतीय भए । पुरस्कार  माघ २० गते विद्यालयको वार्षिकोत्सव ,अभिभावक दिवस तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहमा दिने प्रधानध्यापक टिकादत पौडेलले बताए ।
 

अन्तिम अध्यावधिक: १९ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस