चौतारा - श्रम तथा रोजगार कार्यालय, टेकुको आयोजनामा र चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा वालश्रम निवारण सम्बन्धी एक कार्यक्रम चौतारामा सम्पन्न भएको छ। नगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, उप–प्रमुख सीता थापा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ सापकोटा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा चौतारास्थित होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकालाई श्रममा प्रयोग नगर्न र सभ्य तथा सुसंस्कृत समाज निर्माणमा योगदान पुर्याउन नगरपालिकाले आग्रह गरेको थियो। सहभागी व्यवसायीहरूले पनि बालबालिकालाई कुनै पनि प्रकारको जोखिमयुक्त श्रममा संलग्न नगराउने प्रतिबद्धता व्यक्त गरेका छन्। यो कार्यक्रम बाल अधिकार संरक्षण र बालमैत्री समाज निर्माणतर्फ एक सकारात्मक पहलका रूपमा लिइएको छ।