सिन्धुपाल्चोकमा बजार अनुगमनको क्रममा तीनवटा पसल सञ्चालक कारबाहीमा परेका छन् ।
पशुसेवा धुलिखेल, खाद्य प्रविधि तथा नियन्त्रण धुलिखेल, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोक, उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा नियम विपरित र उपभोक्ता हित विपरीत काम गर्ने राजेश दुध डेरीलाई ५ हजार, नर्गेन्द्र चामेना एण्ड चाट सेन्टरलाई पाँच हजार र शाह फिस हाउसका सञ्चालकलाई ७ हजार रुपैया जरिवान गरेको हो ।
अनुगमन टोलीले १० मासु पसल, ३ दुध डेरी, २ मिठाई पसल र १ होटलको अनुगमन गर्दा तीनवटा पसललाई कारबाही गरेर १७ हजार रुपैयाँ जरिवाना असुल गरेको अनुगमनका संयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
अखाद्य मिठाई तथा मिठाईमा प्रयोग भएका १० बट्टा केमिकल, १५ केजी जेरी र ५ केजी पकौडा बरामद गरि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख त्रिपुरारी बख्रेलले बताए ।