हाइब्रिड मकैदेखि मल्चिङ्ग प्लाष्टिकबाट दोब्बर आलु फलाउँदै कृषक

होमपेज / अर्थ / मुख्य समाचार /
आधुनिक प्रविधिमार्फत आत्मनिर्भरता तर्फको यात्रामा
१२ जेठ २०८२ (२ हप्ता अघि)

सिन्धुपाल्चोक — माटोमा सुन फल्छ भन्ने पुरानो उखानलाई अहिलेका कृषकहरूले आधुनिक प्रविधि र योजनाको सहायताले वास्तविकतामा बदलिरहेका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ मा हालै सुरु गरिएको हाइब्रिड मकैको बिउ उत्पादन परीक्षणले यसैको सजीव उदाहरण प्रस्तुत गर्छ । 

श्री ब्रम्हायणी साना किसान कृषि सहकारी संस्थाले रामपुर १० जातको हाइब्रिड मकै नौबिसे क्षेत्रको दुई रोपनी खेतमा परीक्षण थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई, सिन्धुपाल्चोकको सहयोगमा सुरु गरिएको यो परीक्षणले स्थानीय कृषिमा नवीन प्रयोगको ढोका खोलेको छ ।

सहकारीका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार, यो प्रक्रिया दुई फरक प्रकारका भाले र पोथी मकैलाई नियन्त्रित रूपमा परागकण गराएर नयाँ, रोग प्रतिरोधी र वातावरणमैत्री बिउ उत्पादनमा केन्द्रित छ । “ हामीले उच्च उत्पादन क्षमता युक्त बिउ उत्पादनका लागि तालिम समेत लिएका छौँ ।,” उनले बताए ।

Makai Kheti1748241046.JPG
यस्ता नविन परीक्षणसँगै सिन्धुपाल्चोक र काभ्रेका अगुवा कृषकहरु एक आपसमा अन्तरक्रिया गर्दै सिकाइको वातावरण निर्माण गर्दैछन् । कृषकहरुलाई यो अवसर जुराएको हो , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सिन्धुपाल्चोकले ।  आईतबार सम्पन्न स्थलगत अनुगमन भ्रमणमा सहभागी टोलिले कृषि प्रविधिको प्रभावकारिता, कार्यान्वयनमा आएका चुनौती र समाधानका उपायहरूमाथि गहन छलफल गरेका हुन् ।

Jalbire Gai farm1748241171.JPG

पशुपालन र अर्गानिक खेतीतर्फ पनि फड्को
परियोजनाबाट ५० प्रतिशत अनुदानमा निर्मित बलेफी १ स्थित जलबिरे पशुपन्छी तथा कृषि फर्मको सुधारिएको गोठदेखि लिएर मण्डन देउपुर नगरपालिका–९ मा पंचकन्या बहुउद्देश्यीय सहकारीले स्थापना गरेको ३ हजार लिटर क्षमताको चिलिम भ्याटको समेत अवलोकन गरिएको थियो । 
काभ्रेको पाँचखाल नगरपालिका–२ स्थित भक्रमदेवी गाई तथा अर्गानिक तरकारी फार्ममा सिंचाई कुलो र गड्यौलाको प्रयोगबाट मल उत्पादनबारे स्थलगत अनुभव आदान प्रदान गरियो ।  यसरी उन्नत प्रविधिबाट उत्पादन बढाउँदै जाने प्रक्रिया कृषकका लागि दिगो अभ्यासको रुपमा विकास हुँदैछ ।

Group photo1748241276.JPG

कुशादेवीको आलु खेतीले दिएको प्रेरणा
पनौती नगरपालिका–२, कुशादेवीमा आलु बालीमा मल्चिङ्ग प्लास्टिक प्रविधिको प्रयोग गरेर तीन गुणा आम्दानी लिन सफल भएका कृषकहरूको अनुभवले सहभागीहरूलाई अझ प्रोत्साहित बनाएको छ । रोप्ने समय र प्रविधिको संयोजनमार्फत थोरै लागतमा धेरै उत्पादन सम्भव हुने प्रष्ट भएको छ ।
गाईभैंसी जोनका संयोजक भीम बहादुर आचार्य भन्छन्, “यसरी स्थलगत अनुगमन र सिकाइ कार्यक्रमले कृषकलाई प्रविधि अपनाउन र आत्मनिर्भर बन्न ठूलो टेवा दिएको छ । अब कृषक पुस्ता आफैँले नेतृत्व गर्ने बाटोमा छन ।”

नयाँ प्रविधि, नयाँ सम्भावना
कृषिमा आधुनिकीकरण केवल उपकरणको विषय होइन, सोच, तालिम र सहकार्यको पनि कुरा हो । सिन्धुपाल्चोक र काभ्रेका कृषकहरूले यस पथमा लिएको कदमले आगामी दिनमा कृषि व्यवसायलाई आत्मनिर्भरता र समृद्धिको दिशामा डो(याउने स्पष्ट संकेत दिएको छ । कार्यक्रमको प्रभावकारिता वृद्धि तथा जवाफदेहिता लाई सुनिश्चित गर्ने उद्देश्यले जोन र सुपर जोन संचालन तथा समन्वय समितिसहित विभिन्न सरोकारवालाहरुको सहभागिता भ्रमण गरिएको परियोजना प्रमुख सुरेन्द्र पोखरेलले बताए ।

Chilim vat1748241444.JPG

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस