चौतारा — चौतारा साँगाचोकगढी नगरपालिका ११ नम्बर वडाले बँदेलको आतङ्कबाट हैरान किसानलाई राहत पु¥याउने गरी ८ किलोमिटर क्षेत्रमा तारजाली लगाएको छ। वडाले ३० लाख रुपैयाँको बजेटमा बनाएको यो संरचनाले खेतबारीमा बदेल र अन्य जंगली जनावरको सहज पहुँच रोकेको कृषक बताउछन् ।
जंगली जनावरको कारण वर्षेनी हुने अन्नबालीको क्षति कम गर्न तिन वर्ष देखि तारजाली लगाउने काम भईरहेको छ । यसलाई थप प्रभावकारी बनाउन तार जालीमा सौर्य ऊर्जाबाट सञ्चालित हल्का करेन्टको प्रवाह पनि सुरु गरिएको वडा अध्यक्ष रोशन राज गिरीले बताए । यसले जनावरलाई हानी नगर्ने तर डराएर फर्काउने काम गर्ने गिरीको भनाई छ ।
यो योजनाको सुरुवात शुक्रबार नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले गरेका हुन् । यसको प्रभावकारीता बारे किसान सँग समेत प्रतिक्रिया लिएका मेयर सापकोटाले प्रविधि र परम्पराको समायोजन गर्दै कृषकको सुरक्षा र उत्पादनमा सुधार ल्याउने वडाको योजनाको प्रशंसा गरे ।
खेतबारीमा बदेल , दुम्सी जस्ता जंगली जनावरको आतंक बाट जोगिन ११ नम्बर वडाले सुरु गरेको अनौठो तर प्रभावकारी कामले किसान पनि खुशी छन् । स्थानिय किसानहरु भन्छन्, “पहिले बदेल आयो भने एक रातमै सबै मकै सखाप हुन्थ्यो। अब खेतबारी सुरक्षित भएको महसुस भएको छ ।”