प्रेस सेन्टरले बुझायो प्रशासनमा ज्ञापनपत्र

होमपेज / मुख्य समाचार / समाज /
२८ बैशाख २०८२ (४ हप्ता अघि)

चौतारा/ प्रेस सेन्टर सिन्धुपाल्चोकले विभिन्न १० बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र बुझाएको छ ।प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालयको घोषित कार्यक्रम अनुसार देशभर आईतबार मध्यान्ह प्रेस सेन्टर सिन्धुपाल्चोकको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, प्रदेश समिति, जिल्ला समितिका सदस्यहरुसहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापत्रपत्रको साथमा काठमाडौँ घोषणापत्रसमेत  बुझाइएको थियो ।  परिवर्तनका लागि कलम चलाएकै कारणले तत्कालीन राज्यबाट हत्या गरिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’ सहितका पत्रकारका हत्यारालाई कानुनी दायरामा ल्याउन र राज्यबाट बेपत्ता पारिएका पत्रकारहरु दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकालको अवस्था तत्काल सार्वजनिक गर्न माग गरिएको छ ।

एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यामा संलग्न कथित राजावादी समूहका नाइकेहरुलाई कानुनी कारबाही गर्न र पत्रकार रजकलाई सहीद घोषणा तथा परिवारलाई उचित राहत प्रदान गर्न माग गरिएको छ । यस्तै संविधान कार्यान्वयनका लागि बन्नुपर्ने सञ्चार नीतिहरु अहिले पनि सरकारको प्राथमिकतामा नपरेकाले तत्काल संविधानको भावनाअनुसार पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

यस्तै श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न माग गरिएको छ ।

पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । त्यस्तै पत्रकार वृत्ति कोषको कार्यान्वयनका लागि जारी गरिएको मापदण्ड तत्काल परिमार्जन गरेर जेष्ठ पत्रकारले सहज ढंगले वृत्तिकोषबाट लाभ लिनसक्ने प्रबन्ध गर्न ध्यानाकर्षण गर्दैै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा पत्रकारको पूर्ण स्वतन्त्रताको ग्यारेण्टी गर्न जोडदार माग गरिएको छ । कार्यक्रममा गोरखापत्र संस्थानका पुर्व वोर्ड सदस्य सुरेश कसजु , संगठनका पुर्व उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका कोषाध्यक्ष दिपक खत्री, प्रेस सेन्टर सिन्धुपाल्चोकका अध्यक्ष अशोक पराजुली, सचिव निर्मल बस्नेत, पत्रकार कमला तामाङ अश्मी लगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस