काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

होमपेज / मुख्य समाचार / समाज /
२८ बैशाख २०८२ (४ हप्ता अघि)

काभ्रेपलाञ्चोक — मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा ४ ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भइ अनियन्त्रित हुँदा टिपर करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

 

अन्तिम अध्यावधिक: २८ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस