चीन जोड्ने कोदारी राजमार्ग अवरुद्ध

होमपेज / मुख्य समाचार /
१८ बैशाख २०८२ (१ महिना अघि)

तातोपानी । सिन्धुपाल्चोकमा चीन जोड्ने कोदारी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षापछि भोटेकोशी गाँउपालिका २ कोप्लाङस्थित १५ फिट बाटो तीन फिट तल भासिएको कारण राजमार्ग अवरोध भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी सहायक निरिक्षक नेत्र बहादुर काफ्लेले जानकारी दिए ।

हिजो साँझ ६ बजेदेखि सडक अवरुद्ध हुँदा तातोपानी भन्सारबाट चीनमा सामान लिन हिडेका कन्टेनरहरू तातोपानीको १० किलोमा र चीनबाट सामान दिएर आएका कन्टेर सीमाक्षेत्रमै रोकिएका छन । प्रहरीका अनुसार भास्किएको सडकमा अन्य ठाँउको माटो हालेर बाटो खुलाउने प्रयास भैरहेको छ ।
 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस