मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते

होमपेज / मुख्य समाचार / समाज /
१५ बैशाख २०८२ (१ महिना अघि)

सिन्धुपाल्चोक ,  बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएका छन् । ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको बाह्रबिसे बजारस्थित बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालक प्रहरीले नियन्त्रणका रहेको ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताए ।

घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार सम्भव भएको स्थानीयले बताएका छन् । ब्रेक फेल भएका कारण दुर्घटना भएको घाइतेको भनाइ छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस