काठमाडौँ । शिक्षक आन्दोलनमा सहभागी हुन आएका एक कार्यालय सहयोगी शिक्षकहरुबाटै कुटिएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–३ स्थित श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बु नुर्बु तामाङ लाई शिक्षकहरूले नै कुटपिट गरेका छन् ।
‘घुसपैठ’ गरेको आरोपमा बिजुलीबजार स्थित पुल नजिकै आन्दोलनरत शिक्षकहरूले तामाङलाई कपडा समेत च्यातेर कुटपिट गरेका थिए । तामाङको मुख र कानमा चोट लागेको छ । उनको कपडा पनि शिक्षकहरुले च्यातिदिएका छन् ।
आक्रमणमा परेपछि उनले सिन्धुपाल्चोकको बोल्दे आधारभूत विद्यालयमा काम गर्छु भनेकाथिए । शिक्षकहरूको आन्दोलन जारी छ भनेर प्रदर्शनमा सहभागी हुन आउँदा आक्रमणको शिकार भएको उनले बताएका छन् । प्रहरीले उनलाई उद्धार गरेको हो । अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।