चौतारा । योङ कम्युनिष्ट लिग वाईसिएल सिन्धुपाल्चोककों ५ औं जिल्ला सम्मेलन बिहिबार सम्पन्न भएको छ । सम्मेलनबाट पुन अध्यक्षका लागि सुमित काफ्ले चयन भएका छन् । यस्तै उपाध्यक्षमा प्रकाश घिमिरे, मेनुका कटुवाल,राजेन्द्र सिलवाल तथा सचिवमा मिलन लामा सहितको कार्यसमिति निर्वाचित भएको हो ।
संगठनको जिल्ला सम्मेलन उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रको उपमहासचिव वर्षमान पुनले आर्थिक क्रान्ति गर्न युवा संगठित हुनुपर्ने बताएका थिए ।
नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७–१९ सम्म काठमाडौँमा हुने भएको छ। त्यसअघि प्रदेश सम्मेलन सम्पन्न गर्ने समेत वाईसीएलले जनाएको छ । जस अनुसार बागमती प्रदेसको वैशाख १७ र १८ गते, गण्डकी प्रदेश २० र २१ गते, सुदूरपश्चिम प्रदेश २३ र २४ गते सम्मेलन हुने छ। त्यस्तै कर्णाली प्रदेशको २९ र ३० गते, लुम्बिनी प्रदेश जेठ १ र २ गते र मधेस प्रदेसको जेठ ४ र ५ गते सम्मेलन हुनेछ ।