पाँचपोखरी थाङ्पाल गाउपालिका १ मा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर पुरियो, चालक सम्पर्क विहिन

होमपेज / मुख्य समाचार / समाचार /
१० बैशाख २०८२ (२ महिना अघि)

सिन्धुपाल्चोक ।  पाँचपोखरी थाङ्पाल गाउपालिका १ स्थित पुजारी टोलमा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर पुरिएको छ । चालक स्काभेटर भित्रै रहेको भन्ने जानकारी आएपनि अहिलेसम्म उद्धार हुन सकेको छैन । स्थानिय जयराम श्रेष्ठका अनुसार घटना मंगलबार साझ साँढे ६ बजेतिरको हो ।

घटनास्थलमा प्रहरी पुगेपनि रातपरेपछि फर्किएको थियो । रात परेकोले पहिरो पन्छाउन सम्भव नभएको बताउदै बिहानबाट स्काभेटर लगेर पहिरो पन्छाउने काम सुरु गरीने प्रहरी चौकी तिपेनिका ईन्जार्ज गणेश वहादुर थापा बताउछन् ।
पहिरोले पुरिएर स्काभेटर पुरै क्षति भएको छ । स्काभेटर सहचालक भागेर ज्यान जोगाउन सफल भएको तर चालकको अवस्था थाहा हुन सकेको छैन ।  

ललित बहादुर श्रेष्ठले संचालन गरेको लक्षीण टेवा भिरमा रहेको ढुङ्गा खानीमा ढुङ्गा खन्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खसेर स्काभेटर पुरिएको हो । स्काभेटर अपरेटरले ढुङ्गा फुटाइ रहेको अवस्थामा माथिबाट पहिरो आएको थियो ।    

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस