सीडीओको नेतृत्वमा नवलपुर बजार अनुगमन

होमपेज / मुख्य समाचार /
३० दिनभित्र अनिवार्य रुपमा दर्ता भएर मात्र व्यवसाय गर्न निर्देशन
२५ चैत २०८१ (२ महिना अघि)

नवलपुर । उपभोक्ताको स्वास्थ्यलाई लक्षित गर्दै सिन्धुपाल्चोकको नवलपुर बजार क्षेत्रमा सञ्चालित एक दर्जन बढी पसल, होटल, रेष्टुरेन्ट र औषधी पसलमा अनुगमन गरिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा इन्द्रावती गाँउपालिका उपाध्यक्ष सोभना तामाङ, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख राजन प्रजापती ,जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादव,  उद्योग तथा वाणिज्य कार्यालयका प्रतिनिधि हरी वि.क र पत्रकार महासङ्घको प्रतिनिधि सहितको टोलीले संयुक्त रूपमा बजारको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा एक पसलहरूमा व्यापक रूपमा अखाद्य तथा म्याद गुज्रिसकेका सामान फेला परेको छ् । व्यापारीले उपभोक्ताको हित विपरीतका अखाद्य तथा म्याद गुज्रेका सामान बिक्री गरेको फेला परेकोले ती समान जफत गरी पहिलो पटक सम्झाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । यस्तै अधिंकाश होटल बिना दर्ता संचालनमा रहेको भेटिएको थियो । सोही प्रकारले दर्ता नै नभई सञ्चालनमा रहेका खाजाघर, पसललाई ३० दिनभित्र अनिवार्य रुपमा दर्ता भएर मात्र व्यवसाय गर्न लिखित निर्देशन दिइएको पनि प्रजिअ थापाले बताए ।

अनुगमन टोलिले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साइनबोर्ड राख्न, व्यवसायको दर्ता÷ नविकरण गर्न, मदिरा व्यवसाय दर्ता गरि ईजाजत लिन र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन समेत दिएको छ । यस अघि प्राय चाडपर्व लक्षित बजार अनुगमन हुने गरेकोमा  अब जिल्लाका सबै बजार क्षेत्रमा अनुगमनलाई कडाईका साथ लागु गर्दै जाने समेत प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

51744036220.JPG


21744036207.JPG


 

IMG_40061744036222.JPG

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस