सिन्धुपाल्चोक- सुरक्षित आप्रवासन परियोजना (सामी ) ले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
रोजगारमा देखिएका समस्या, वैदेशिक रोजगारमा हुने गरेको ठगी, मृत्युु, अंगभंग भएर फर्किएको र सूचना तथा परामर्श केन्द्रले गरेको गतिविधिका बारेमा अन्तरक्रिया गरेको हो ।
सिन्धुपाल्चोकमा पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ५९ जनाले ज्यान गुमाएका छन् । बिरामी र अंगभंग हुने दर बढ्दै गएको पाइएको छ । ३७ जना जना बिरामी र अंगभंग भई नेपाल फर्किएको परियोजना संयोजक अरुण पौडेलले जानकारी दिए ।
चालूआर्थिक वर्षमा सिन्धुपाल्चोकबाट ११ हजार ५ सय ८८ जनाले वैदेशिक रोजगारमा गएका छन् भने ८ हजार ४ सय ८० जनाले श्रम स्विकृति लिएको रोजगरीका लागि विदेश गएको सामीको तथ्याङक रहेको छ ।
आप्रवासन सामी परियोजनाले पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगार अन्तरक्रिया अहिलेसम्म मृतक परिवारको रिर्पाेटको आधारमा बोर्डको कल्याणकारी कोषबाट एक करोड २२ लाख प्रदान गरेको छ ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटाले वैदेशिक रोजगारमा हुने ठगी र मानव बेचबिखनको समस्या न्यूनिकरणका लागि काम गर्नुपर्ने बताए । वैदेशिक रोजगारको समस्या राष्ट्रिय प्राथामिकताको विषय होइन यो तत्कालिन समस्या हो । यसको समधानका लागि तत्कालनै काम गनूपर्ने उनले बताए ।
सूचनामा पहुँच, न्यायमा पहुँच, सीपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता लगायतको कार्यको क्षेत्रमा यस परियोजनाले काम गरिरहेको छ ।