पत्रकार रजकप्रति सिन्धुपाल्चोकका पत्रकारको श्रद्धाञ्जली , घट्नाको बिरोध

होमपेज / मुख्य समाचार / समाचार / समाज /
१६ चैत २०८१ (२ महिना अघि)

चौतारा । नेपाल पत्रकार महासंघले पत्रकार हत्याको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ । महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको हो ।
बैठकले शनिबार क्षति पु¥याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली सदस्य रहेको समिति गठन गर्दै आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गर्ने उल्लेख गरेको छ ।
हिजो राजावादीको नाममा भएको आन्दोलनमा सहभागी अराजक समुहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चाार सामग्री हराएको घटनाको विरोधमा महासंघले आज देशव्यापी विरोध प्रदर्शन गरेको थियो । 


यसैगरी नेपाल पत्रकार महासंघ सिन्धुपल्चोकले राजावादीहरुले गरेको आन्दोलनको क्रममा भएको आगजनिबाट निधन भएका सञ्चारकर्मी सुरेश रजकप्रति शोक व्यक्त गरेको छ ।
शोक सभामा नेपाल पत्रकार महासंघ सिन्धुपल्चोकका अध्यक्ष ध्रुव दंगाल लगायत पदाधिकारी र जिल्लाका सञ्चारकर्मीहरुको उपस्थित थिए । उनिहरुले रजकको तस्बिरमा अविर र पुष्प गुच्छा चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनिहरुले टाउको र हातमा कालोपट्टी बाँधेर सहकर्मीको मृत्यु र सञ्चारमाध्यमाथि भएको तोडफोडसहित भएको घट्नाको बिरोध गरेको छ ।
शोक सभामा अध्यक्ष दंगालले मृत्युको घटना स्वभाबिक नभएको भन्दै खेद प्रकट गर्दै घट्नाको भत्सर्ना गरे । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकार र सम्बद्ध पक्षसँग माग गरे । उनले यो गणतन्त्र आम नागरिक समाज र गणतन्त्रवादीहरूले लडेर ल्याएको स्मरण गर्दै गणतन्त्रलाई कुनै पक्षबाट धावा बोलिन्छ भने त्यो सही नहुने जिकिर गरे । नागरिक र प्रेस स्वतन्त्रता माथि भएको हस्तछेप बन्द गर्न राजावादीहरूलाई चेतावनी दिएका छन् ।
जसअनुरुप नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले केन्द्रीय सर्कुलरलाई सबै शाखा सदस्य र सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई कार्यनयन गर्न जानकारी समेत गराइएको अध्यक्ष दंगालले जानकारी गराए । 

यस्तै समाचार संकलनका क्रममा हिजो  तीनकुने हिंसा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् ।
एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष उनीहरुले पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।
पत्रकार सुरेश रजकका भान्जा राजेश रजकले दिएको जानकारीअनुसार गृहमन्त्रीले तीन दिनभित्र सरकारले निर्णय गर्ने आश्वासन दिएका छन् ।
 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस