राजावादीहरूले शुक्रबार तीनकुनेमा गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।
गृह मन्त्रालयका अनुसार कीर्तिपुर(४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो। गोली लागेर घाइते उनलाई उपचार निम्ति त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पताल आइपुग्दा नै उनको ज्यान गइसकेको शिक्षण अस्पतालका डा.सुवास आचार्यले बताए।
डा. आचार्यका अनुसार उनको छातीमा गोली लागेको थियो। उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको डा। गोपाल चौधरीले बताएका छन्।