कल्लेरी सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि सैद्धान्तिक र व्यवहारिक अभ्यास

होमपेज / मुख्य समाचार / समाज /
१२ चैत २०८१ (२ महिना अघि)

चौतारा । सामुदायिक वनलाई सक्रिय बनाएर डढेलो नियन्त्रणमा जिम्मेवार बनाउन सव डिभिजन वन कार्यालय चौताराले स्थलगत अभ्यास गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित कल्लेरी सामुदायिक वनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक  तथा कर्मचारीहरूसहित समुदायका ४० बढीको सहभागिता सोमबार फिल्ड अभ्यास गरियो । 

सामुदायिक वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई डढेलोबाट जोगाउन अग्नि रेखा निमार्ण संगै सुरक्षित डढेलो, डढेलो नियन्त्रण अभ्यास, पुर्व तयारी लगायतका विषयमा सक्षम बनाउन स्थलगत अभ्यास गरिएको रेन्जर कमला श्रेष्ठको भनाई छ । 

डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका हरित स्वयमसेवक टिम लिडर शारदा प्रसाद चालिसेले वन डढेलो नियन्त्रणको सैद्धान्तिक र व्यवहारिक पक्षबारे संयुक्त अभ्यास गराएका हुन् ।  कार्यक्रममा वन डढेलो, यसका असर, नियन्त्रणका उपायहरु लगायतका सैद्धान्तिक विषयमा सहजिकरण गरिएको थियो भने डढेलो नियन्त्रणको व्यवहारिक अभ्यास गरिएको हो । 

agni rekha1742861159.JPG

कल्लेरी सामुदायिक वनमा निमार्ण गरिएको अग्नि रेखा । तस्विर : दिपक खत्री

गर्मीयाममा सुरु भएसँगै दिनहुँजसो आगलागीका घटनाहरु भइरहेका छन् । हरित स्वयमसेवक टिम लिडर चालिसेका अनुसार विगतमा जिल्लाका सामुदायिक वन क्षेत्रमा बढी मात्रामा डढेलो लाग्ने गरेकोमा यो वर्ष कमी आएको छ । दिनहुँ वन क्षेत्रमा आगलागीका घटनाहरु भइरहेकोले स्थानीयवासी हरुलाई सहज तथा सतर्क रहन आग्रह गर्दै डिभिजन बन कार्यालयले सामुदायिक वनमा अग्नि रेखा निमार्णको लागि यो वर्ष बजेट ब्यवस्थापन गरेर काम गरीरहेको छ । पछिल्लो एक महिनाको अवधिमा वनमा आगलागी भएपनि तुरुन्त नियन्त्रणमा ल्याउन सफल भएको चालिसेको भनाइ छ ।

Ruali1742861316.JPG

 आगलागीको मुख्य कारण भने नयाँ घाँस पलाउने सोचका कारण पुरानो खरमा आगो लगाउने गलत चलन रहेको छ । यस बाहेक चुरोटका ठुटाहरू जथाभावि फाल्ने, बालबालिकाले आगो लगाउने, भिरालो वन क्षेत्रमा ढुङ्गा खस्ने लगायतका कारण आगलागी हुने गरेको छ । आगलागीबाट वन्यजन्तु तथा विभिन्न प्रजातिका बोटबिरुवामा ठुलो मात्रामा क्षती हुने भन्दै डढेलोबाट सामुदायिक वन जोगाउन जिल्लामा डिभिजन वन कार्यालयले सामुदायिक वन सँगको सहभागीतामा कार्य गर्दै आएको छ  । 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस