मतलाई अनिर्णयको भुमरीमा राखेर तमासा देखाउँदै चौतारा बहुमुखी क्याम्पस

होमपेज / मुख्य समाचार / समाचार /
मतपेटिका ६ दिनदेखि प्रहरी कार्यालयमा
१० चैत २०८१ (३ महिना अघि)

सिन्धुपाल्चोक । चौतारा बहुमुखी क्याम्पसको स्ववियु नेतृत्वको लागि भएको मतदानको मतपेटिका ६ दिनदेखि प्रहरी कार्यालयमा थन्किएर बसेको छ । विवादका विच मतदान प्रक्रिया अवरुद्ध भएपछि शिल गरेर प्रहरी कार्यालयमा राखिएको र थप प्रक्रिया अगाडि नबढेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् । 

निर्वाचन समिति निकम्मा बन्दा र क्याम्पस सञ्चालक समिति गैरजिम्मेवार बन्दा विद्यार्थीहरूको मतको बाकस प्रहरी कार्यालय भित्र थुनेर राखिएको अखिल क्रान्तिकारीका स्ववियु सभापती उमेदवार अमृत श्रेष्ठको प्रतिक्रिया छ । मतलाई अनिर्णयको भुमरीमा राखेर क्याम्पसले तमासा देखाउन खोजेको विद्यार्थीहरु बताउछन् । निर्वाचनका कारण उत्पन्न सबै परिस्थितिको जिम्मेवारी स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र सञ्चालक समितिले लिनुपर्ने क्रान्तिकारी विद्यार्थीहरु बताउछन् । 

d9c47e58-1fff-4586-977c-4325d6da19121742738631.jpg

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्वन्धी निर्देशिका २०८१ , दफा १२ को उपदफा ८ तत्काल कार्यान्वयन गर्न समेत अखिल क्रान्तिकारीले माग गरेको छ । उक्त उपदफामा निर्धारित समयमा कुनै कारणवश स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचत स्थगन गरी १५ दिन भित्र कुनै मिति तोकेर रोकिएको चरणबाट अगाडि बढाई निर्वाचन गर्नुपर्ने उल्लेख छ । 

11742737550.jpg

यसैबीच अनेरास्ववियु र नेविसंघ चौतारा बहुमुखी क्याम्पसले क्याम्पस, प्रहरी र प्रशासनमा आज विज्ञप्ती बुझाएको छ । उनीहरुले फर्जी मत खसाल्न प्रयत्न गर्ने र गराउने दुवैलाई कारबाहीको माग सहित छलफल, सम्वादद्वारा सबै समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

2 1742737645.jpg

8f2e3c68-9aa8-4b48-8ee9-0e68281444961742739060.jpg

सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनको विषय दलहरूको प्रत्यक्ष हस्तक्षेपले अनिर्णयको घेरामा फसेको स्रोत बताउँछ । अस्तित्वको लागि नेपाली कांग्रेस र नेकपा एमालेलाई चौतारा बहुमुखी क्याम्पसको चुनाव जित्नैपर्ने दबाब छ भने माओवादी आफ्नो वर्चस्व कायम राख्न चाहान्छ । अखिल क्रान्तिकारी खसेको मतदानको संरक्षण हुनुपर्ने, रोकिएको प्रक्रियाबाट मतदान सुचारु गर्नुपर्ने र मतगणना गर्नुपर्ने अडानमा छ भने नेविसंघ र अनेरास्ववियु यो मतदानलाई स्युकार्न नसक्ने र छलफल, सम्वादद्वारा सबै समस्याको समाधान निकाल्नुपर्ने पक्षमा छ ।

31742737717.jpg

अडान र शिर्ष नेतृत्वको दबाबमा प्रमुख जिल्ला अधिकारी देखि प्रहरी प्रमुख र निर्वाचन मण्डल समेत परेका कारण पक्रिया अगाडि नबढेको स्रोत बताउँछ । चौतारा बहुमुखी क्याम्पसको २ सय ७१ मत खसेको मतपेटिका शिल गरेर प्रहरी कार्यालयमा राखिएको छ । विवाद समाधान गर्न क्याम्पस संचालन समितिको बैठक अहिले सम्म बस्न सेको छैन ।  सोमबार दलीय प्रतिनिधि सहित छलफलको तयारी गर्ने क्याम्पस प्रशासनले तयारी गरेको छ ।

क्याम्पसमा ३ सय ३८ मतदाता विद्यार्थी छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नाम रुजु गर्ने क्रममा नक्कली मतदाता पहिचान भएपछि फर्काइएको थियो । तर नक्कली मतदातालाई मत हाल्न ल्याएको भन्दै नेविसंघ र अनेरास्ववियुका उमेदवारहरूले मतपेटिकामा लातीले हानेपछि विवाद सुरु भएको थियो । मतपेटिका नै फ्याँक्ने प्रयास गरेपछि चौतारा बहुमुखी क्याम्पसमा लफडा सुरु भएको थियो ।

 

अन्तिम अध्यावधिक: १० चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस