दलहरु अस्तित्वको लडाइमा , चौतारा बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व अनिर्णित

होमपेज / मुख्य समाचार /
शिल गरेर राखिएको मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित
६ चैत २०८१ (३ महिना अघि)

चौतारा । सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनको विषय अनिर्णयको घेरामा फसेको छ । चौतारा बहुमुखी क्याम्पसको स्ववियु चुनावलाई दलहरूको प्रत्यक्ष हस्तक्षेप र प्रभाव एवं सहभागिताले अनिर्णित बनाएको स्रोतको दावि छ । अस्तित्वको लागि नेपाली कांग्रेस र नेकपा एमालेलाई चौतारा बहुमुखी क्याम्पसको  चुनाव जित्नैपर्ने दबाब छ भने माओवादी आफ्नो बर्चस्व कायम राख्न चाहान्छ ।

अखिल क्रान्तिकारी खसेको मतदानको संरक्षण हुनुपर्ने र मतगणना गर्नुपर्ने अडानमा छ भने नेविसंघ र अनेरास्ववियु यो मतदानलाई स्युकार्न नसक्ने र पुन मतदान हुनुपर्ने अडानमा छ । अडान र शिर्ष नेतृत्वको दबाबमा प्रमुख जिल्ला अधिकारी किरण थापा देखि प्रहरी प्रमुख र निर्वाचन मण्डल समेत परेका छन् । स्थगित भएको मतदानलाई सुचारु गराउन मंगलबार दिउँसो मतदान अधिकृतसहितको सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी किरण थापा आउदै गर्दा कांग्रेस नेता मोहन बस्नेतको फोन पछि आर्मी ब्यारेक मोडिएका थिए । दुबै पक्षबाट दबाब परेपछि प्रमुख जिल्ला अधिकारी देखि प्रहरी प्रमुख सम्म मंगलबार क्याम्पस परिसरमा पुग्ने आँट देखाएनन् । 

चौतारा बहुमुखी क्याम्पसको मतपेटिका मंगलबार साझ शिल गरेर प्रहरी कार्यालयमा राखिएको छ । क्याम्पस प्रमुख नगेन्द्र दंगाल भने विवाद समाधान गर्न क्याम्पस संचालन समितिका अध्यक्ष गम्भीर लाल श्रेष्ठ जिल्ला बाहिर रहेकोले बुधबार बैठक बस्न नसकेको कारण  देखाउछन् । बाँकी मतदान गर्ने वा मतगणना गर्ने भन्नेबारे बैठकले टुङ्गो लगाउने क्याम्पस प्रमुख दंगालको भनाई छ ।   

स्थगित भएको मतदानलाई सुचारु गराउन मंगलबार साँझ मतदान अधिकृतसहितको सर्वदलीय बैठक बसपनि निष्कर्ष निकाल्न नसकेकोले २ सय ७१ मत खसेको मतपेटिका शील गरेर प्रहरी कार्यालयमा बुझाइएको थियो । क्याम्पसमा ३ सय ३८ मतदाता विद्यार्थी छन् ।  

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नाम रुजु गर्ने क्रममा नम्कली मतदाता पहिचान भएपछि  फर्काइएको थियो ।  तर नक्कली मतदातालाई मत हाल्न ल्याएको भन्दै नेविसंघ र अनेरास्ववियुका उमेदवारहरूले मतपेटिकामा लातीले हानेपछि विवाद सुरु भएको थियो । 

मतपेटीकामा लात्तीप्रहार भएपछि सुरक्षाका लागि खटिएका प्रहरीले गठबन्धनका सभापतिका उमेदवार शुसिल तामाङ ,सचिवका उमेदवार चिनलाल तामाङ र प्रमिला विकलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै क्रान्तिकारीको तर्फबाट नक्कली मतदाता बनेर पुग्ने एक महिलालाई समेत नियन्त्रणमा लिएको र सबैलाई बेलुका ९ बजेतिर छाडिएको थियो । 

अखिल र नेविसंघ प्यानलले अखिल क्रान्तिकारीले फर्जि मत हालेको आरोप लगाएको छ । मतपेटिका नै फ्याँक्ने प्रयास गरेपछि चौतारा बहुमुखि क्याम्पसमा लफडा सुरु भएको थियो । त्यस पश्चात स्ववियुको चुनावमा जनप्रतिनिधि र नेतनै तोडफोडमा उत्रिएका दृष्य समेत देखिएको थियो । 
 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस