श्रमिक महिला दिवसको अवसरमा चौतारा वृद्धाश्रममा भोजन सहित सम्मान कार्यक्रम

होमपेज / समाज /
२४ फागुन २०८१ (३ महिना अघि)


चौतारा । सिन्धुपाल्चोक जिल्लाको वृद्धाश्रम सेवा समितिमा आश्रित वृद्धवृद्धा शनिबार खुशीले हर्ष विभोर देखिन्थे । नहुनु पनि किन रु बागमती प्रदेश सभा सांसद अमृता नेपाल सहित अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति सिन्धुपाल्चोकका महिला नेतृ उनीहरुसँगै सामूहिक भोजन गरेका थिए । 

११५ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई मनाउन अलि पृथक अभ्यास सहित वृद्धाश्रम सेवा समितिमा आश्रित बा आमाहरूसँग  अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति सिन्धुपाल्चोकले सामुहिक भोजन सहित सम्मान कार्यक्रम गरेको हो ।  परिवारबाट एक्लियर र साहारा नपाएर वृद्धाश्रम आइपुगेका वृद्धवृद्धाहरूले  सामूहिक भोजनमा आफ्नो मनको भावना साट्ने अवसर समेत पाएँ । सोहि अवसरमा खाडिचौरदेखि रहेको सदाबहार एकेडेमीका संचालक दिनेश थापा र दुर्गा थापाको दम्पतीले आफ्नो वैवाहिक वर्षगाँठ अवसरमा टोपी र पछ्यौरा समेत प्रदान गरे । 

टोपी र आमाहरुलाई पछ्यौरी  ओढाएर सम्मानसहित मिष्ठान भोजन गरिरहदा रमाइलो पारीवारीक बातावरण बनेको आश्रमकी सचिव होम कुमारी पुरीले बताईन् ।  कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अमृता नेपालले वृद्धाको सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको जनाउदै महिलाको हक अधिकारका लागि थुप्रै भाषण र कार्यक्रमको विकल्पमा यो फरक अभ्यासले मनबाट आनन्द मिलेको बताईन् । 

अन्तिम अध्यावधिक: २४ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस