श्रमिक महिला दिवशको अवसरमा चौतारा वृद्धाश्रममा भोजन सहित सम्मान कार्यक्रम 

होमपेज / समाज /
२४ फागुन २०८१ (३ महिना अघि)


चौतारा । सिन्धुपाल्चोक जिल्लाको वृद्धाश्रम सेवा समितिमा आश्रीत वृद्धवृद्धा शनिबार खुशीले हर्षविभोर देखिन्थे । नहुनुपनि किन रु बागमती प्रदेश सांसद अमृता नेपाल सहित अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति सिन्धुपाल्चोकका महिला नेतृहरुले उनीहरुसँगै सामूहिक भोजन गरेका थिए ।

११५ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवशलाई मनाउन अलि पृथक अभ्यास सहित वृद्धाश्रम सेवा समितिमा आश्रीत बा आमाहरुसँग  अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति सिन्धुपाल्चोकले सामुहिक भोजन सहित सम्मान कार्यक्रम गरेको हो । 


परीवारबाट एक्लियर र साहारा नपाएर वृद्धाश्रम आईपुगेका वृद्धवृद्धाहरुले  सामूहिक भोजनमा आफ्नो मनको भावना साट्ने अवसर समेत पाएँ । 
सोहि अवसरमा खाडिचौरमा रहेको सदाबहार एकेडेमिका संचालक दिनेश थापा र दुर्गा थापाको दम्पतीले आफ्नो वैवाहिक वर्षगाठको अवसरमा टोपी र पछ्रयौरा समेत प्रदान गरे ।

वृद्धा बा हरुलाई टोपी र आमाहरुलाई पछ्रयौरी  ओढाएर सम्मानसहि मिष्ठान भोजन गराईरहदा रमाईलो पारीवारीक वाताबरण बनेको आश्रमकी सचिव होम कुमारी पुरीले बताईन् ।  
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अमृता नेपालले वृद्धाको सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको जनाउदै महिलाको हक अधिकारका लागि थुप्रै भाषण र कार्यक्रमको विकल्पमा यो फरक अभ्यासले मनबाटै आनन्द मिलेको बताईन् । 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस