हिमपातपछि मनमोहक  पर्यटकीय गन्तव्य 

होमपेज / पर्यटन / मुख्य समाचार / समाज /
१९ फागुन २०८१ (३ महिना अघि)

सिन्धुपाल्चोक ।   प्रसिद्ध पर्यटकीय गन्तव्य रहेका लेकभेगका कुण्ड र हिमश्रृंखला हिमपातपछि मनमोहक देखिएका छन् । शुक्रबारदेखि हिउँ परेपछि यस भेगमा चार फिट बाक्लो हिउँ परेको छ । हिमपातपछि हिउँमा खेल्नेको लर्को लाग्न थालेको छ ।

समुन्द्री सतहदेखि ४ हजार २ सय मिटरको उचाइमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरी र त्यहाँ पुग्ने पर्यटनमार्ग खुबै लोभलाग्दा देखिएकाछन् ।

उता चीनसँग सीमा जोडिएका भोटेकोशी गाउँपालिकाको छगाम, बगाम,चोकरमोकर, तल्लो टोलदेखि भैरवकुण्ड पुग्ने ट्रेकिङ रुट हिउँले ढाकेर रमणीय बनेको छ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस