चौतारा साँगाचोकगढी नगरपालिकाले निशुल्क मोतियाविन्दु शल्यक्रिया गर्दै  

होमपेज / मुख्य समाचार / स्वास्थ्य/शिक्षा /
१९ फागुन २०८१ (३ महिना अघि)

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले मोतियाविन्दु भएकाहरुलाई नगरपालिकाले आयोजना गर्न लागेको निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरमा सेवा लिन आग्रह गरे ।

शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुलाई नगरपालिकाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा फागुन २०,२१ र २२ गते नगरपालिकामा निशुल्क शल्यक्रिया गरिने मेयर सापकोटाले बताए ।

यसैबिच चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आइताबार पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु (आँखा सम्बन्धि ) १ दिने स्वास्थ्य शिविर वडा नं १ स्थित स्याउले स्वास्थ्यचौकीमा भएको छ ।

उक्त शिविरमा १ सय ७८ जना वडाबासिहरुले सेवा लिएका छन् । जसमध्ये महिला १ सय ५५ जना र पुरुष २३ जना रहेका थिए ।
शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच ९१ जनाले गरेका थिए । जसमो १२ जना महिलाहरुमा आङ खस्ने समस्या देखिएको छ ।

आँखा परीक्षणमा १९ जनालाई मोतियाविन्दु भएको पाइएको स्वास्थ्य शाखा प्रमुअ शिव पुरीको भनाई छ ।  यीमध्ये पनि ६ जनाको दुवै आँखामा मोतियाविन्दु भएको पाइएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए ।

यस्तै आईतबारनै चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ७, आरुबोटेमा ५० जनाको आँखा परिक्षण गरिएको छ । तामाङ समुदायको बाक्लो बस्ति रहेको यस गाउँमा १६ जनाको आँखामा मोतियाविन्दु भएको पाइएको छ । उनिहरुलाई आइताबार नगरपालिकाको स्वास्थ्यकर्मीहरुले घर आँगनमाने पुगेर सेवा दिएका थिए । साथै शिविरमा सुगर, प्रेसर जाँच पनि गरिएको थियो ।  फागुन १५ गतेदेखि क्रमश प्रत्येक वडाको तोकिएको स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन भइरहेको छ ।
 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस