प्रजातन्त्र दिवसका अवसरमा चौतारामा मैत्रीपूर्ण फुटबल

होमपेज / खेलकुद / मुख्य समाचार /
कर्मचारी मिलन केन्द्र टिम वि ले उपाधी जित्यो
७ फागुन २०८१ (४ महिना अघि)

चौतारा । सिन्धुपाल्चोकको चौतारामा प्रजातन्त्र दिवसका अवसरमा बुधबार मैत्रीपूर्ण फुटबल खेल भएको छ ।   फाईनल खेलमा बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स टिमलाई १ गोल गर्दै कर्मचारी मिलन केन्द्र टिम वि ले  उपाधी जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा कर्मचारी टिमका सौरभ सापकोटाले गरेको १ गोल नै उपाधिको लागि पर्याप्त भयो । खेल अवधिभर कर्मचारीलाई दबाबमा राखेपनि बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लबले गोल गर्न गरेको पटक पटकको प्रयास असफल बनेको थियो ।    

४ समुह सहभागी खेलमा पत्रकार महासंघ सिन्धुपाल्चोकलार्ई पराजित गर्दै कर्मचारी मिलन केन्द्र टिम वि र कर्मचारी मिलन केन्द्र टिम ए लाई पराजित गर्दै बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स समुह फाइनलमा पुगेका थिए । 

हरेक वर्ष झै यो वर्ष पनि प्रजातन्त्र दिवसका अवसरमा कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले मैत्रीपूर्ण फुटबल गरेको मिलन केन्द्रका सचिव बसन्त बहादुर खडायतले जानकारी दिए । 
 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस