जेरिको रोड हेल्थ सेन्टर नेपालको सामाजिक लेखा परिक्षण सम्पन्न

होमपेज / मुख्य समाचार / स्वास्थ्य/शिक्षा /
एक हजार १ सय ७१ जना सेवाग्राही लाभान्वित
२५ माघ २०८१ (४ महिना अघि)

जुगल हगाम – जेरिको रोड नेपालको आर्थिक वर्ष २०८०÷८१ को सामाजिक लेखा परिक्षण कार्य सम्पन्न भएको छ । 


हेल्थ सेन्टर नेपालको आयोजनामा शनिबार हेल्थ सेन्टरबाट उपलब्ध सेवा, अस्पतालले प्रदान गर्ने सेवाप्रति नागरिकको अपेक्षा र सुधार गर्नुपर्ने पक्ष,उपलब्धी, समस्या र चुनौतीका साथै भावी योजनाका बारेमा जानकारी गराइएको थियो । 


सिन्धुपाल्चोक जिल्लाकै दुुर्गमक्षेत्र हगाममा सेवा बिस्तार गरि विरामीलाई निशुल्क सेवा दिएर  बिरामी स्वास्थ्यलाई गम्भीरता लिएर उपचार सेवा प्रदानगरेकोमा सहभागीहरुले खुशी व्यक्त गरे । १० शैयाका जेरिको रोड हेल्थ सेन्टर नेपालले बहिरंग सेवा,भिडियो एक्सरे,अन्तरंग सेवा,प्रसुति सेवा,औषधी वितरण,प्रयोगशाला सेवा, एक्सरे र सामान्य चिरफार सेवा निशूल्क प्रदान गर्दै आएको छ । 


चालुआर्थिक वर्षमा औषधी मेडिकल सप्लाई,उपकरण, यातयात र कर्मचारी तलव लगायतमा एक करोड ४९ लाख ९५ हजार खर्च भएको छ । हेल्थ सेन्टरबाट आर्थिक वर्ष ०८०÷०८१ मा ओपिडि सेवा, भिडियो एक्सरे औषधी वितरण, प्रसुति सेवा र सामान्य चिरफार लगायतका सेवाबाट याङलाकोट, झिरगाँउ, बरम्ची, पाङताङ, डल्लेपोखरी, तीनघरे र डबलीका एक हजार १ सय ७१ जना सेवाग्राही लाभान्वित बनेका छन् ।

अन्तिम अध्यावधिक: २७ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस