सेतीदेबी पञ्चकन्या मा.वि कुबिण्डेलाई पूर्व बिद्यार्थी समाजको सहयोग 

होमपेज / मुख्य समाचार / स्वास्थ्य/शिक्षा /
२४ माघ २०८१ (४ महिना अघि)

चौतारा । श्री सेतीदेबी पञ्चकन्या माध्यमिक विद्यालयको पूर्व बिद्यार्थी समाजले विद्यालयको अक्षयकोषको लागी ८ लाख सहयोग घोषणा गरेको छ । पूर्व बिद्यार्थी समाजका अध्यक्ष समेत रहेका सांसद माधव सापकोटा सुबोधले पूर्व विद्यार्थीहरुको ब्यक्तिगत सहयोगबाट नगद संकलन गरी कोष घोषण गरेका हुन् ।

 चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४, कुबिण्डे स्थित विद्यालयले आफ्नो ४८ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा भुपु बिद्यार्थी पुनर्मिलन समारोहको अवसरमा पूर्व बिद्यार्थी समाजका उपाध्यक्ष समेत रहेका बलेफी गाँउपालिका अध्यक्षले ४ लाख सहयोगको घोषणा गरेका थिए ।  
नियमित र कृषि प्राविधिक धारमा अध्यापन हुदै आएको यो विद्यालयले बुधबार आफ्नो वार्षिकोत्सव, अभिभावक भेला तथा भुपु बिद्यार्थी पुनर्मिलन कार्यक्रम बिबिध कार्यक्रमका साथ मनाएको जनाएको छ । 

२ सय ५० हाराहारीमा बिद्यार्थी रहेको बिद्यालयमा विद्यार्थीहरुले पढ्दै कमाउँदै कार्यक्रम पनि लागु गरेको छ ।  बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चुडामणी नेपालको अध्यक्षता र प्रतिनिधी सभाका पूर्व सभामुख अग्नीप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा  समारोह कार्यक्रम भएको हो ।
कार्यक्रमको बिच भागमा विद्यालयको समग्र शैक्षिक अवस्थाको समिक्षा सहित शैक्षिक गुणस्तर सुधारका विषयमा विद्यार्थी , शिक्षक, भुत पुर्व विद्यार्थी र अभिभावक बिच सामुहिक अन्तरक्रिया समेत गरियो । 

सञ्चारकर्मी दिपक खत्रीले सहजीकरण गरेको सो अन्तरक्रियामा बिद्यार्थी, शिक्षक, अभिभावक र पूर्व विद्यार्थीहरुबाट प्रश्न जिज्ञासा र सुझावहरु संकलन गर्ने कार्य भएको थियो । उक्त प्रश्न र जिज्ञासामाथि बिद्यालयका प्रधानाध्यापक रामचन्द्र नेपाल र वडाध्यक्ष कुमार शर्माले प्रतिवद्धतासहितको जवाफ दिएका थिए ।

विद्यालयका संस्थापक सदस्य तथा अभिभावक ईश्वरी प्रसाद नेपालले प्रचण्डले विद्यालयलाई कृषि विद्यालय बनाउने विषयमा गरेको प्रतिवद्धता स्मरण गराए । 
 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस