श्री कृष्ण रत्न गंगाले उचाल्यौ नगरस्तरीय अन्तर माविको उपाधी 

होमपेज / खेलकुद / मुख्य समाचार /
१९ माघ २०८१ (४ महिना अघि)

चौतारा । तेस्रो चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय अन्तर मा।वि। सेभेन ए साइड फुटबल प्रतियोगिता २०८१ कोे उपाधी श्री कृष्ण रत्न गंगा मावि चौताराले जितेको छ ।  ज्ञान मन्दिर मावि मेलचौरले निर्धारित समयमा फाइनलका लागी भएको खेलमा  कुनै गोल गर्न सकेन । श्री कृष्ण रत्न गंगाले पहिलो हाफमा गरेकोे १ गोल नै उपाधिका लागि निर्णयक भएको हो ।  

नगरभित्रका ११ माध्यामिक विद्यालयले सहभागिता जनाएको यो प्रतियोगिता चौतारा स्पोर्टिङ्ग क्लबको आयोजनामा भएको हो । माघ १७ देखि चौतारा मिनि रङ्गशाला टुँडिखेलमा प्रतियोगिता संचालन भएको हो  । विजेता तथा उपविजेता र सहभागी खेलाडीको हौसला बढाउदै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटा, वडा अध्यक्ष शिव श्रेष्ठ फाईनल खेल अवधिभर सहभागी बनेका थिए ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस