तामाङ समुदायले हर्षोल्लासपूर्वक मनाउदै सोनाम ल्होसार

होमपेज / मुख्य समाचार /
१७ माघ २०८१ (४ महिना अघि)

चौतारा । तामाङ समुदायले आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ नयाँ वर्षलाई स्वागत गर्न देशभरका तामाङ बहुल जिल्लामा आफन्तजन बीच भेटघाट गरी गुम्बामा पुजा गरेर सामुहिक रुपमा हर्षोल्लासपूर्वक २८६१ आंै डुल (सापुुख्री) ल्हो अर्थत सर्प वर्षको अवसरमा सोनाम ल्होसार मनाइएका हुन् । 

आजको दिन तामाङ समुदायको नयाँ वर्षसमेत हो । मञ्जुश्री पात्रो अनुसार आजदेखि तामाङ सामुदायको २८६१ औं वर्ष शुरू हुन्छ । आजदेखि मु वर्ष पूरा गरी डुल (सापुख्री) वर्ष प्रवेश गरेको अवसरमा धार्मिक र सांस्कृतिक विधिअनुसार लुङ्दर राखेर गुम्बा र गाँउबस्ती सजाएर लामागुरुबाट पुजा गरि ल्होसार मनाउने मनाएको संजिव तामाङले बताए । 

माघ शुक्ल प्रतिपदाका दिन १२ वटा जीवजन्तुका मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर  नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार तामाङ समुदायले ल्होसार मनाउदै आएको छ । साथै चेलिवेटी र इष्ठमित्रलाई बोलाएर विभिन्न परिकार बनाएर रमाइलो गरेर ल्होसार मान्दै आएको नगर तामाङ घेदुङका समिर तामाङ जानकारी दिए । 

आज विहानैदेखि गुम्बा र घरघरमा नयाँ लङुदार छोडेर लामागुरुबाट गरिने पूजापाठ र ग्रहशान्तिले नकारात्मक तत्व हटी प्रकृतिमा सकारात्मक तत्वको उदय हुने तामाङ समुदायको विश्वास छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस