इन्द्रावती –५ नयाँपानीमा नियमित झै १२ वर्षपछि पानी पलायो 

होमपेज / पर्यटन / मुख्य समाचार /
दैवी चामत्कारिक शक्ति भएको स्थानीय समुदायको धारणा
१६ माघ २०८१ (४ महिना अघि)

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका–५ धुसेनीकोमा रहेको नयाँपानी आफ्नो अद्भुत प्राकृतिक विशेषताका कारण चर्चित छ । यहाँ हरेक १२ वर्षको हिउँदमा पानी पलाउने एक अनौठो प्राकृतिक घटना हुन्छ, जसले स्थानीय बासिन्दा तथा पर्यटकहरूको ध्यान तान्ने गरेको छ ।

हरेक १२ वर्षको हिउँदमा पानी पलाउने नयाँपानीमा बुधबार विहानबाट पानी देखिएको स्थानिय नवराज गजुरेलले बताए । मंगलबार दिउसो यो स्थानमा चिसो देखिएपनि आजबाट सानो पानी पलाएको हो । 

यस किसिमको घटना वैज्ञानिक दृष्टिकोणले अध्ययनको विषय हुनसक्छ । यो पानीको स्रोत भूगर्भीय संरचना, भूमिगत जल प्रणाली, वा अन्य प्राकृतिक कारणहरू हुन सक्छन् । साथै, स्थानीय समुदायले यस घटनालाई दैवी चामत्कारिक शक्तिको रुपमा लिदै आएका छन् । 
भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा जब कुम्भ मेला सुरु हुन्छ त्यहि बेला नयाँपानी मध्य हिउँदमा पानी पलाउने गरेको स्थानिय गजुरेल बताउछन् । आफुले २०४४, २०५६, २०६८ संगै २०८१ म पनि कुम्भ मेलाकै क्रममा त्यो पनि आँैसीमा पानी पलाएको पाएको उनले बताए । यहाँ २०६८ मा पलाएको पानी २०६९ श्रावण महिनामा सुकेको थियोे । 

यो वर्ष कार्तिक मंसिरमा पलाउनुपर्ने भन्दै स्थानीयले दैनिक निगरानी राख्दै आएकोमा आज पानी देखेपछि स्थानिय उत्साहित छन् । विहिबार बैठक बसेर थप कार्यक्रमका लागि योजना बनाउने तयारी रहेको नयाँपानी क्षेत्र संरक्षण समितिले जनाएको छ । २०६८ मा पानी पलाउँदा यो क्षेत्रमा भागवत लगाइएको थियो । 

यस वर्ष माघ महिनामा पानी पलाएको र यो अनौठो दृष्टान्तले दैवी चामत्कारिक शक्तिको परिकल्पनामा बल मिलेको स्थानिय बताउछन् । आजबाट पलाउन सुरु भएको पानी आगामी दिनमा अझै बढ्दै जाने बिश्वास गरिन्छ ।

परापुर्व कालदेखि हरेक १२ वर्षको अन्तरालमा हिउँदको समयमा पानीको मुल पलाएर वर्षायाममा सुक्ने र त्यसको १२ वर्षपछि हिउँदे याममा पानीको मुल पलाउने यहाँको अद्भुत बिशेषता रहेको छ । 

सबैलाई चकित पार्दै माघ १६ गते औशीका दिन नयाँपानी धाममा नयाँपानीको मुल पलाएको छ । संयोग नै मान्नुपर्छ यसअघि पनि सो स्थानमा औशीकै दिन पानीको मुल फुटेको थियो  । 
 

अन्तिम अध्यावधिक: १६ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस