तरुण दल चौतारा साँगाचोकगढी नगरपालिका अध्यक्षमा अमिर तामाङ निर्वाचित

होमपेज / मुख्य समाचार / राजनीति /
२८ बैशाख २०८२ (४ हप्ता अघि)

चौतारा ।  नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्लाको  चौतारा साँगाचोकगढी नगरपालिकाको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।  नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष सञ्जय लामाको प्रमुख  आतिथ्यमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनबाट चौतारा साँगाचोकगढी नगरपालिकाको अध्यक्षमा अमिर तामाङ लगायतको कार्यसमिति निर्वाचित भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै  जिल्ला अध्यक्ष लामाले नेपाल तरुण दल पाँचौँ अधिवेशन उन्मुख भएको र लोकतन्त्रलाई बलियो बनाउन तरुणहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।अध्यक्ष लामाले तरुण दल क्लब नभएर पार्टीको मेरुदण्ड हो भनी उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं  कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस