मेलम्ची । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको पछिल्लो गतिविधिहरूसँग सम्बन्धित गरी इँटको जवाफ पत्थरले दिने चेतावनी दिएका छन् ।
आज सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले लोकतन्त्रको प्राप्ति हजारौं जनताको बलिदानबाट भएको भन्दै ५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव नहुँने बताए । उनले ईटको जवाफ पत्थरले दिन माओवादी तयार रहेको समेत बताए ।
प्रचण्डले आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान समेत गरे ।