जव माओवादी अध्यक्ष प्रचण्ड सत्ताबाट बहिरीन्छ, पानी विनाको माछा जस्तै छटपटिन थाल्छ - महासचि पोखरेल  

होमपेज / राजनीति / समाचार /
११ फागुन २०८१ (३ महिना अघि)

चौतारा - नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जव सत्ताबाट बहिरीन्छन् पानी विनाको माछा जस्तै छटपटिनै बताएका छन् । 

आइतबार एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा कमजोर पाटीले बलिया पाटीमाथि शासन गर्ने परिपाटी होइन जनताले अस्विकार गरेका पाटीले शासन गर्ने रुपमा माओबादीले लोकतन्त्रलाई पित बनाउने काम गरेको समेत उनले टिप्पणी गरेका छन् ।

साना पाटीहरुले ठुला पाटीहरुसंग शासन गर्ने व्यवस्था रहे सम्म जनाताको प्रगति हुन सक्दैन । अव नेपालमा बलियो राज्यको निर्माण गर्नु पर्दछ । 
कमजोर राज्यले जनतालाई अधिकार दिन नसक्ने बताएका छन् ।

अव नेकपा एमाले र नेपाली कांग्रेस मिलेर राज्य बलियो बनाएर जनातको अधिकार सुनिश्चित गर्ने संकल्प लिएको महासचिव पोखरेलको भनाई छ । लोकतन्त्र सानापाटीको चौतफी घेराबन्धीमा रहेको हुदाँ जनताको मुक्ति र जातजातिको मुक्तिका लागि अहिलेको सरकारले काम गर्नुपर्नेमा जोड दिए । 


 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस