सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले त्रिविको उपकुलपतिलाई कार्यकक्ष प्रबेशमा रोक लगाएको विषयमा खेद व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले त्रिविका कुलपतिले सिंहदरबारमा सिनेटको बैठक बस्दै त्रिविमा जाने आँट समेत गर्न नसकेको तर्क गरे । बुधबार आफ्नै जन्मथलो सिन्धुपाल्चोकको कुविण्डे स्थित श्री सेतीदेबी पञ्चकन्या माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै पूर्व सभामुख समेत रहेका सापकोटाले बर्तमान सरकार विपक्षीलाई खोजी खोजी बिभिन्न आरोप र मुद्धा लगाउने, आफ्ना लाई उन्मुक्ति दिने बाटोमा लागिपरेको आरोप समेत लगाए ।
वर्तमान सरकारलाई सुशासनको विरोधीको संज्ञा दिएका सापकोटाले गणतन्त्र स्थापना पछि यस्तो सरकार कहिल्यै नबनेको दावी गर्दै सदन नचलाएर अध्यादेशको बाटो हिडेर झण्डै दुई तिहाईको सरकार त्राइत्राईमा रहेको बताए । सरकार चौतर्फी घेराबन्दीमा परेको भन्दै अव धरै दिन नटिक्ने उनको दाबी थियो ।