अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको छ - उपप्रधानमन्त्री सिहं

होमपेज / राजनीति /
११ माघ २०८१ (४ महिना अघि)

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको बताएका छन्।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य  टनेल सुरूङ मार्गको ब्रेक थ्रुपछि यस क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे। 

राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको हो ।

दुई ठुला दल नमिलि राजनीति स्थायित्व दिन सम्भव नभएको कारण राष्ट्रिय आवश्यक्ता अनुसार अहिले संयुक्त सरकार बनेको हो । यसअघिका सरकारले नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने  उपप्रधानमन्त्री सिंहले बताए । 

अन्तिम अध्यावधिक: ११ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस