साँगाचोकमा महिला कृषकका लागि तरकारी खेती सम्बन्धी सीप विकास तालिम

होमपेज / अर्थ / समाचार /
१६ माघ २०८१ (४ महिना अघि)

चौतारा ।  साँगाचोकमा अर्गानिक तरकारी खेती सम्बन्धी तिन दिने तालिम सम्पन्न गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका भित्रको १०, ११ र १२ नम्बर वडामा स्थानीय महिला कृषकहरूका लागि उक्त तालिम संचालन गरिएको हो । तालिमबाट महिलाहरुले तरकारी खेतीबाट जिविकोपार्जन समेत गर्न सक्ने गरी कार्यक्रम बनाएको आयोजक कमलको फूल महिला बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष सिता पौडेलले बताईन् । कम्तीमा भान्सामा अर्गानिक तरकारी पुग्न सकोस् भन्ने उदेश्यले तालिम संचालिन गरीएको हो ।  

विभिन्न महिला समूहका ३० जना कृषकहरुलाई लक्षित गर्दै संचालन गरिएको तालिमको सहजिकरण कृषि प्राविधिक नितेश घिमिरेले गरेका थिए । टेवा नेपालको सहयोगमा कमलको फूल महिला बहुउद्देश्य सहकारी संस्थाले तालिम आयोजना गरेको हो । साँगाचोकमा रहेको यो सहकारीले मकैको च्याख्ला बनाउने देखि बाख्रापालन लगायतका कार्यक्रमबाट महिलालाई आयआर्जनमा जोड्दै आएको छ । 

तालिममा टनेल मार्फत गरीने मौसमी तथा बेमौसमी तरकारी खेती,थोपा सिंचाई प्रविधि,नर्सरी ब्याड  सम्बन्धी सिकाई उपलब्धी मुलक भएको सहभागीहरुले बताएका छन् । 

तालिम समापनमा चौतारा साँगाचोकगढी नगरपालिका उप प्रमुख सिता थापा, वडा नम्बर १३ का अध्यक्ष राम प्रसाद गौतम, ११ का अध्यक्ष रोशन राज गिरी समेत सहभागी भए । उनीहरुले यो तालिमले महिलाहरुको सामाजिक तथा आर्थिक सशक्तीकरणको लागि सहयोग पुग्ने भन्दै तरकारी खेतीमा लाग्न प्रेरणा दिए  ।     

अन्तिम अध्यावधिक: १६ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस