चौतारा आदिवासी जनजाति पाक उत्सव–२०८२  भव्य रूपमा मनायो 

होमपेज / कला संस्कृति /
जनजाती समुदायको मौलिक खानाको प्रर्वद्धन
१० जेठ २०८२ (२ हप्ता अघि)


सिन्धुपाल्चोकको चौतारा आदिवासी जनजाति पाक उत्सव–२०८२  भव्य रूपमा मनाइएको छ ।

मौलिक पाक सँस्कृति प्रवद्र्धन तथा परम्परागत कला,संस्कृतिको जर्गेना गरि आन्तारिक तथा बाह्य पर्यटनको विकासगरि आर्थिक उपार्जनको प्रवद्र्धन गरौ भन्ने मुल नाराका साथ  विभिन्न जनजाति समुदायहरूले आफ्नो सांस्कृतिक प्रस्तुति, परम्परागत पहिरन, र पराम्परागत परिकार बनाएर  पाक उत्सव–२०८२ चौतारा टुडिखेलमा सामुहिम रुपमा मनाएका हुन् । 


राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषदको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा चौतारा शुक्रबार पाक उत्साव कार्यक्रम भव्य रुपमा मनाएको हो । 


फुड फेस्टिभलमार्फत विभिन्न जातजाति, क्षेत्र वा देशका परम्परागत खाना, पकाउने तरिका र संस्कृतिको प्रचार गर्न सकिन्छ।स्थानीय रेस्टुरेन्ट, क्याटरिङ सेवा, किसान तथा खाद्य उत्पादकहरूले आफ्नो उत्पादन बेच्ने र प्रचार गर्ने मौका पाउने कार्यक्रमका विशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका उप्रमुख सिता थापाले बताइन् ।  फुड फेस्टिभलले पर्यटक आकर्षित गर्न सक्छ । यसले स्थानीय पर्यटन विकासमा सहयोग पु¥याउँछ उपप्रमुख थापाले भने । 


कार्यक्रमका प्रमुख अथिति चौतारा सागाँचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले फरक–फरक समुदायबीच अन्तरक्रिया, आपसी समझदारी अझ पाक उत्सव–२०८२ रौनकता छाएको बताए ।  स्वस्थ भोजन, पोषणयुक्त खाना, र  परम्परागत खाना र नयाँ पुस्तालाई पाककला सिकाउने अवसर प्रदान बताए । नगरपालिका परम्परागत खानाको संरक्षण र प्रवद्धनका लागि विगतमा पनि समुदायलाई सहयोग गरेको र आगामी दिनमा पनि निरन्तर गर्ने बताए । 

यहाँको रमणीय भौगोलिक क्षेत्र, विभिन्न जातजातिको संस्कृतिलाई जगेर्ना गर्ने र मौलिक खानाको प्रर्वद्धन गर्ने उद्धेश्यले ’फुड फेस्टिभलको’ आयोजना गरिएको  पाक उत्सव कार्यक्रमको मुल आयोजक राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद्की अध्यक्ष रिना श्रेष्ठले बताए । कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघको प्रस्तुती, माझी, घाले, तामाङ, नेवार, शेर्पा लगायतका समुदायको मौलिक नाचँ पनि रहेको थियो । 
 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस