सिन्धुपाल्चोक– मेलम्ची नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रले सञ्चालन गरेको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा ३८ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
मेलम्ची नगरपालिका वडा नं. ३ हैबुङमा सञ्चालित शिविरमा अपाङ्गता भएका १६ जना पुरुष र २० जना महिलाले फिजियोथेरापी सेवा, आर्थोपेडिक सहायक सामग्रीका लागि नापजाँच, शल्यक्रिया र डाक्टर परामर्शका लागि रिफरल सेवासहित स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरमा ३ जनाको शल्यक्रिया, एक जनालाई विशेषज्ञ चिकित्सकको परामर्शका लागि रिफरल र ५ जनाको आर्थोपेडिक सामग्रीका लागि नाप लिइएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य तथा पुनस्र्थापनाका लागि यो कार्यक्रम प्रभावकारी भएकाले नागारिकको स्वास्थ्यका लागि नगरपालिकाले यो शिविरलाई प्रत्येक वर्षा निरन्तरता दिने प्रतिबद्धता नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।
नागारिक स्वास्थ रहनु भनेको सामाज पनि स्वास्थ रहनु हो प्रदेश सांसद कृष्णकुमार तामाङले बताए । स्थानीय तहसंग सहकार्य गरेर प्रदेशले काम गर्नु पर्ने बताएका छन् ।