चौतारा साँगाचोकगढी नगरपालिकाले माझि /दनुवार, दलित र ६० कटेकाको पनि स्वास्थ्य बीमा गर्ने

होमपेज / स्वास्थ्य/शिक्षा /
ऋण खोजेर पैसा बोकेर अस्पताल पुग्नेहरु स्वास्थ्य बिमापछि लाभान्वित
६ फागुन २०८१ (४ महिना अघि)

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका दलित, ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक तथा अति सिमान्तकृत माझि / दनुवार समुदायका ब्यत्तीको  स्वास्थ्य बीमा निशुल्क गर्ने भएको छ । नगरपालिकाको १६ औँ नगर सभाको निर्णय अनुसार स्वास्थ्य बीमा मार्फत गुणस्तरीय औषधोपचार उपलब्ध गराउने उद्देश्यका साथ सो कार्यक्रम संचालन गर्ने निर्णय गरेको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।  

सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा निर्वाचित भएपछि लक्षित वर्ग केन्द्रित बीमा कार्यक्रमको पहिलो निर्णय नगर सभा मार्फत गरेका थिए । जसमा नगरभित्रका सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घ रोग लागेका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य बीमा गराउने कार्यक्रम सञ्चालन गराएको थियो ।  

सहिद तथा बेपत्ता परिवारका ५२ जना, जनयुद्ध तथा जनआन्दोलनका घाइते २० जना , ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति १ सय ८१, महिला स्वास्थ्य स्वयंसेविका ४४ र दीर्घ रोग लागेका २८ व्यक्तिको स्वास्थ्य बीमा गरेको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताउनुभयो ।  अहिले सम्म ३ सय ५२ परिवारको चौतारा साँगाचोकगढी नगरपालिकाले स्वास्थ्य बीमा गराउदै आएको छ । लक्षित वर्ग केन्द्रित बीमा सुरु गर्ने जिल्लाको पहिलो चौतारा साँगाचोकगढी नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएपछि अनुदान सहयोगको दायरा बढाएको हो । 

वडामा खटिएका सहयोगीमार्फत लक्षित परिवारको खोजी गरी स्वास्थ्य बीमा गर्दै आएको छ । यो कार्यक्रमले ५ सय प्रिमियम तिरेर विमा गराउन नसक्ने वर्गले सुविधा पाएका छन् । ऋण खोजेर पैसा बोकेर अस्पताल पुग्नेहरु स्वास्थ्य बिमापछि लाभान्वित छन् । 

आयस्रोत कमजोर भएर बीमाको प्रिमियम बुझाउनै नसक्ने परिवारको स्वास्थ्य बीमा गराएर नागरिकको निशुल्क स्वास्थ्य उपचारको लागी नगरपालिकाले योजना ल्याएपछि स्थानिय पनि खुशी छन् ।  

 ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति , ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि संघिय सरकारबाट स्वास्थ्य बीमा निशुल्क गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका अस्पतालबाट बीमा गराएको परिवारले वर्षमा एक लाख रुपैयाँसम्मको निःशुल्क औषधोपचार पाउने गरेका छन् ।   

स्वास्थ्य विमा बोर्ड सिन्धुपाल्चोकका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका भित्र १४ हजार ४ सय  ३४ जनाले बीमा गराएका छन् । संघ र प्रदेशले संचालन वितरण गर्ने अनुदान नदोहोरिने गरी एक रुपता कायम गरीएको नगर स्वास्थ्य शाखाले जनाएको छ । 

Untitled-1_Avl5nGjTls_DAD2hn7qcj1739879799.jpg

अन्तिम अध्यावधिक: ६ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस