सिन्धुपाल्चोकमा ३० औं जनयुद्ध दिवस स्वास्थ्य शिविर र वक्तृत्वकला प्रतियोगिता आयोजना गरी मनाएको छ ।
युथ नेपालको आयोजनामा ‘नागारिक अधिकारी स्थापनामा जनयुद्धको भुमिका’ विषयमा वृहत वक्तृत्वकला प्रतियोगिता र चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेले स्वास्थ्य शिविर आयोजना गरी मनाएको हो ।
वक्तृत्वकला प्रतियोगितामा सरोज तामाङ प्रथम, जयन्ती बस्नेत दितिय र अनिशा सुनार तृतिय भएका छन् । प्रथम,दितिय र तृतियले क्रमश १५ हजार, दश हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा १० जना विद्यार्थीको सहभागिता थियो ।
जनयुद्ध दिवसमा ३ सय ३८ जनाले गरे स्वास्थ्य जाँच
कुविण्डेमा आयोजित निशुल्क शिविरमा मधुमेह परिक्षण दुई सय ८६, हार्डजोर्नी सेवा ७८, भिआइए सेवा १, क्षयरोग परिक्षण ७३,आँखा परिक्षण ८०, मोतियविन्दु १७ र भिडियो एक्सरे सेवा ६ स्वास्थ्य जाँच गराएको चौतारा नगरपालिकाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए ।
सिन्धुपाल्चोकको कुविण्डे जनयुद्धमा जिल्लामै सबैभन्दा धेरै सहिद भएको ठाँउ र सहिदका परिवार लामो समयदेखि विभिन्न रोगबाट ग्रासित विरामीको उपचार सेवा जनयुद्ध दिवसको अवसर पारेर दिएको कुविण्डेका वडाध्यक्ष कुमार शर्माले बताए ।
नेकपा माओपाटीका नेता तथा प्रतिनिधिसभा सासंद माधव सापकोटा( सुबोध) ले दश वर्षे जनअन्दोलन वर्गियमुक्तिका लागि गरेको अन्दोलन र परिवर्तनका लागि गरिएको आन्दोलन भएकोले जनयुद्धको विरताको गाथाको सवै सम्मान गर्नुपर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले सम्पुर्ण सहिदप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै आम नागारिकलाई स्वास्थ्य सेवामा सहजताका लागि नगरपालिकाले १४ वटै वडामा शिविर गर्दै आएको बताएका छन् ।