बतासेमा कृषक लक्षित एक दिने कृषि अनुसन्धान तथा अभिमुखीकरण तालिम 

होमपेज / कृषि / मुख्य समाचार /
३० माघ २०८१ (४ महिना अघि)

चौतारा । ब्यवसायिक खेती प्रवद्र्धन र आर्थिक सबलिकरणका लागि कृषक लक्षित एक दिने कृषि अनुसन्धान तथा अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका २ नम्बर वडा बतासेको सहयोगमा  नेत्रज्योती कृषि सहकारी सस्था लिमिटेडले कार्यक्रम गरेको हो । 
वडाका करिब ६० भन्दा वढी कृषकहरु तालिममा सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सिन्धुपाल्चोकका कार्यालय प्रमुख सुरेन्द्र प्रसाद पोखरेले व्यवसायिक कृषि, दर्ता प्रक्रिया, नेपाल सरकार एवं प्रदेश सरकारले कृषकहरुका लागि प्रदान गरेका अनुदानहरुका सम्बन्धमा जानकारी प्रदान गरे ।  

चौतारा साँगाचोकगढी नगरपालिका–२ का वडाध्यक्ष सुदिप श्रेष्ठले वडामा कृषि क्षेत्रमा गरिरहेका काम बारे बताउदै कृषिमा भित्रिएका प्रविधि, योजना तथा समस्याहरूको बारेमा कृषकले चासो राख्नुपर्ने बताए । 
 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस