जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया सम्पन्न 

होमपेज / समाचार /
११ चैत २०८१ (२ महिना अघि)

 

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले चालुुआर्थिक वर्षमा भएका कामहरुको बारेमा जानकारी गराएको छ । सोमबार स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्था र सरोकारवाला र अस्पतालसंग कार्यालयले सम्पादन गरेका गतिविधि बारेमा अन्तरक्रिया गरि जानकारी गराएको हो । 

जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुको संख्या र अवस्था, खोप, पोषण, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, एक विद्यालय एक नर्स, एकिकृत जनस्वास्थ्य तथा पोषण प्रबर्धन,सडक दुर्घटना रोकथाम तथा न्युनिकरण कार्यक्रम लगायतका कार्यक्रमको बारेमा जानकारी गरेको थियो । 

कार्यक्रममा बोल्दै जनस्वास्थ्य कार्यालयका प्रमुख दर्गा बजगाइका अनुसार जिल्लाका सबैको स्वास्थ्य सेवा प्रवाहगर्ने संघ संस्था र अस्पतालको सहयोग र सहकार्यबाट सेवा प्रवाह व्यवस्थित हुँदै गएको छ । 


गाँउ गाँउमा पुुगेर गरेको शिविर र नियमित कार्यक्रमहरु प्रभावकारी बन्दै गएको प्रमुख बजगाइले बताए । 
 

अन्तिम अध्यावधिक: ११ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस